+
Search

ताजा अपडेट +

पपुलर +

‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक

AINAA TV
२०८१ कार्तिक ७, बुधबार

काठमाडौँ । कात्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बुधबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ ।

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।

ब्याटलमार्फत निर्माण पक्षले सिनेमाको गीतमा केही फरकपन दिन खोजेको छ । ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ । महिला टिमले जिते अन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको सुरुमा सर्त छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

ऐना टिभी